FAQs Complain Problems

देवचुली नगरपालिका आ‍.व २०८१/८२ काे विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ ।

Read More

देवचुली नगरपालिका प्रवेश द्वार ( दलदले हुँदै पाेखरा सम्म जाेड्ने सडक खण्ड)

Read More

देवचुली नगरपालिकाकाे नगरसभाकाे स्रेहाै अधिवेशन (नीति, कार्यक्रम तथा बजेट अधिवेशन)

Read More

दुर्लभ एक सिङ्गे गैडा देवचुली नगरपाालिकाकाे नारायणी नदि किनारमा पानी पिउदै

Read More

पैदल यात्री पर्यटकहरूकाे लागि बदल माथीकाे नगर नवलपुरकाे एकमात्र अति मनराेहम दुश्य हेर्न देवचुली चुचुराे १९३८ मिटर

Read More

२०८२ असार ९ गते नगरसभाकाे स्रेहाै अधिवेशनमा बजेट, नीति तथा कार्यक्रमा पेश गरिएकाे

Read More

२०८१ असार ७ गते आर्थिक एेन, विनियाेजन एेन विद्यायन समितिका स‌‌याेजक एकदेव पाैडेल ज्यूद्वारा प्रस्तुत गरी हस्तान्तरण

Read More

जन प्रतिनिधि

हरि प्रसाद न्याैपाने
९८५७०४१८७७
नगर प्रमुख
पार्वता तिवारी
९८५७०४०७४२
नगर उप प्रमुख
तिल प्रसाद काफ्ले
9844731475
नगर प्रवक्ता एवम् १ १ न. वडा अध्यक्ष

पदाधिकारी

अशाेक काेइराला
devchulimunicipality@gmail.com
9857642111
प्रमुख प्रशासकीय अधिकृत
अविनाश पन्थी
devchulimun@gmail.com
9744348707
सूचना अधिकारी/ अधिकृतस्तर साताैं

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित शाखा हेर्ने प्रमुख
सेवा दिने कार्यालयः- पञ्जिकाधिकारी (रजिष्ट्रार)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

जन्म दर्ता प्रमाण पत्रमा संशोधन

  1. जन्म मिति सच्याउनको लागि :
  1. परिक्षा नियन्त्रण कार्यालयले प्रवेशिका परिक्षाको लब्धाङ्कपत्र (लब्धाङ्कपत्र जारी भएको मिति ६ महिना नाघेको हुनुपर्ने ।) र विद्यालयको चारित्रिक प्रमाण पत्रको प्रतिलिपी वा
  2. अपस्तालमा जन्मेको बच्चाको हकमा अस्पतालले प्रदान गरेको जन्म प्रमाण पत्र वा
  3. नाबालिग परिचयपत्र वा
  4. नगरिकताको प्रमाण पत्र वा
  5. कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहबरमा कम्तीमा ५ जना नेपाली नगरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का (सर्जमिन मुचुल्का गर्नेहरुको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।)
  1. जन्म दर्तामा नाम संशोधनको लागि :
  1. बच्चाको नाम संशोधन गर्नुपरेमा आमा बाबुको निवेदन वा बच्चा र बाबु-आमाको सम्बन्ध खुलेको अन्य कागजात वा प्रमाण पत्र ।
  2. नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिग भएमा एस.ई.ई. प्रमाण पत्र, विद्यालयको चारित्रिक प्रमाण पत्र वा बाबु आमासँग नाता खुल्ने अन्य आधिकारिक प्रमाण पत्र ।
  3. आमा-बाबु वा बाजेको नाम संशोधन गर्नुपरेमा
  1. सो सम्बन्धी आवश्यक कागजात नागरिकता प्रमाण पत्र, विवाह दर्ता प्रमाण पत्र वा एस.एल.सी वा सोभन्दा माथिल्लो स्तरको शैक्षिक प्रमाण पत्रमा नाम खुलरको प्रमाणित कागजात र विद्यालयको चारित्रिक प्रमाण पत्र ।
  2. स्थानीय तहबाट दुबै व्यक्ति एउटै हो भनी उल्लेख भएको कम्तीमा ५ जना नेपाली नगरिकता भएको व्यक्तिको सर्जमिन मुचुल्का सहित सर्जमिनमा बस्नेको प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  1. जन्म स्थान सच्याउनु परेमा :
  1. विदेशमा जन्मिएको बच्चाको जन्मस्थान सच्याउनु परेमा उक्त देशको अस्पतालमा बच्चा जन्मिएको प्रमाण पत्र वा कागजात (प्रमाण पत्र अँग्रेजीमा नभएमा सो देशमा रहेको नेपाली नियोगबाट बच्चा सो देशमा जन्मिएको भनी प्रमाणित गरिएको कागजात) वा
  2. उक्त देशमा बच्चाको जन्म दर्ता गरिएको प्रमाण पत्र (सम्बन्धीत देशमा जन्म दर्ता गरेको भएमा उक्त प्रमाण पत्रको नेपाली नियोगबाट प्रमाणित नेपाली वा अंग्रेजी भवानुवाद )

 

मृत्यु दर्तामा संशोधनको लागि :

  1. नाम संशोधन
  1. बाबु बाजे वा पति/पत्नीको नाम संशोधन गर्नुपर्ने भएमा नाता खुल्ने नगरिकता प्रमाण पत्र आधिकारिकता खुल्ने अन्य प्रमाण पत्र जस्तै जग्गा धनी प्रमाणपूर्जा आदि ।
  2. नाता खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहबरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेको प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  3. निवृतिभरण प्रयोजनको लागि भएमा पेन्सन विवरणमा उल्लेख भएको पारिवारिक विवरण ।
  1. मृत्यु मिति सच्याउने सम्बन्धमा
  1. अस्पतालबाट जारी मृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाण पत्र वा सरकारी निकायबाट मृत्यु मिति प्रमाणित गरिएको सिफारिस ।
  2. स्थानीय तहको प्रतिनिधिको रोहबरमा कम्तीमा ५ जना नेपाली नगरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का (सर्जमिन मुचुल्का गर्नेहरुको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।)

 

 

 

विवाह दर्ता प्रमाण पत्रमा संशोधन सम्बन्धमा

  1. दुलाहा-दुलहीको नाम संशोधन सम्बन्धमा :
  1. विवाह दर्ता प्रमाण पत्रमा भएको नाम र संशोधन गर्नुपर्ने नाम एकै व्यक्तिको भन्ने आधिकारिक कागजात वा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नगरिकता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धीत निकायले संशोधन गर्न उचित हो भनि गरेको सिफारिस पत्र ।
  2. दुलाहा-दुलहीको बाबु, बाजेको नाम संशोधन गर्न नाता खुलेको आधिकारिक प्रमाण पत्र वा स्थानीय तहको प्रतिनिधिको रोहबरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  1. विवाह मिति सच्याउने :
  1. विवाह मिति सच्याउने आधिकारिक कागजात, विवाह मिति फरक परेमा संशोधन गर्नुपर्ने कारण र विवाह मिति उल्लिखित भएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

बसाईसराई सम्बन्धी (बसाईसराईको उमेर संशोधन सम्बन्धमा)

  1. संशोधन गर्न आधिकारिकता खुलेको नागरिकता,
  2. एस.ई.ई. वा सो भन्दा माथीका शैक्षिक प्रमाण पत्रहरु,
  3. व्यक्ति फरक परेमा एकै व्यक्ति हो भन्ने सरकारी निकायबाट प्रमाणित कागजात वा
  4. स्थानीय तहका प्रतिनिधिको रोहबरमा भएको कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  5. मिति फरक परेमा आधिकारिकता खुलेको कागजात तथा स्थानीय तहको सर्जमिन मुचुल्का ।

सम्बन्ध विच्छेद ;

  1. अदालतबाट भएको सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।
  2. नाता, जन्म खुलेका नागरिकता, नाता प्रमाणित वा अन्य कागजात ।
  3. स्थायी ठेगानाको सम्बन्धमा नागरिकता प्रमाण पत्रमा उल्लेख भएको ठेगाना वा बसाईसराई गरी आएको प्रमाण पत्र ।
  4. स्थानीय तहका प्रतिनिधिको रोहबरमा भएको कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क १००.००
आवश्यक कागजातहरुः-

सरोकारवालाको निवेदन ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क १००.००
आवश्यक कागजातहरुः-
  1. बसाई सरी जानेको हकमा :

परिवारको मुलीले भरेको अनुसूचि पाराम ।

परिवरको मुली (सूचक) को नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

(ख.)  बसाई सरी आउनेको हकमा :

बसाई सरी आएको स्थानबाट लिएको बसाई सराई प्रमाण पत्र (सक्कल)

परिवारको मुलीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी

बसोबास गर्ने स्थानमा बसोबास भएको देखिने प्रमाण कागज

सूचक बसाई सरी जाने वा आउने घर मुली वा बसाई सरी जाने वा आउने सदस्य परिवार सूचक ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क १००.००
आवश्यक कागजातहरुः-

श्रीमान् र श्रीमती दुवै स्थानीय पञ्जिकाधिकारी समक्ष उपस्थित भई विवाह दर्ताका लागि भरेको आवेदन फाराम (अनुसूची फाराम)

श्रीमान् र श्रीमती दुवैको नागरिकता प्रमाण पत्रको प्रतिलिपी र श्रीमतीको नागरिकता नभए श्रीमतीको वावु वा दाजुको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

पति/पत्नीको फोटो १/१ प्रति ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क १००.००
आवश्यक कागजातहरुः-

जन्मेको सूचना दिने अनुसूची फाराम भर्ने (सूचना फाराम परिवारको मूलीले भर्नुपर्नेछ, मूलीको अनुपस्थितिमा परिवारको उमेर पुगेको जेठो व्यक्ति)

बाबु, आमा र फाराम भर्ने सूचकको नागरिकताको प्रमाण पत्र ।

अस्पतालले दिएको जन्म प्रमाणको प्रतिलिपी ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३००.००
आवश्यक कागजातहरुः-

निवेदन ।

संस्थाको विधान ।

संस्थामा संलग्न रहने कार्यकारी पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

संस्था खोल्ने सम्बन्धमा गरिएको भेलाको निर्णयको प्रतिलिपी ।

कार्यालय भाडामा बस्ने भए घर धनीसँगको वहाल सम्झौता ।

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरून्तै
जिम्मेवार अधिकारीः- कार्यालय सहयाेगी/ वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, उजुरी, चिठ्ठी पत्र माथि कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछि ।

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरून्तै
जिम्मेवार अधिकारीः- कार्यालय सहयाेगी/ वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नगरपालिकामा तिर्न बुझाउनु पर्ने कर, दस्तुर, शुल्क, बुझाई अधिकार प्राप्त अधिकारीबाट दस्तखत भएपछि ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १०००.००
आवश्यक कागजातहरुः-

सम्बन्धीत कार्यालयको पत्र ।

सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

बहालमा बसेको वा गैर नागरिक भए घरधनीसँगको सम्झौता पत्र ।

चार किल्लाको सँधियारहरुको सहमति पत्र ।

चालु आ.व. को सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण ।

नगरपालिकामा उद्योग व्यावसाय दर्ता ।

विदेशी नागरिक भए ठेगाना देखिने निस्सा ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

लक्षित समुहका सम्बन्धीत व्यक्तिको निवेदन ।

नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

पासपोर्ट साइजको फोटो २ प्रति ।

एकल महिलाको एकल भएको  प्रमाणको प्रतिलिपी ।

बसाई सराई आएको भए बसाई सराईको प्रमाण पत्रको प्रतिलिपी ।

Pages

जानकारी

Post date: Tuesday, September 3, 2019 - 14:21
Post date: Sunday, September 23, 2018 - 12:27
Post date: Sunday, February 7, 2016 - 13:48

Pages