FAQs Complain Problems

घटना दर्ताका विवरण सच्याउने

घटना दर्ताका विवरण सच्याउन कसले निवेदन दिने जन्म दर्ता :
(१) जन्म दर्ता गर्दाको सूचक वा
(२) क्र.सं. (१) मा उल्लेखित व्यक्तिको अनुपस्थितिमा बाबु-आमा, बाजे वा परिवरको मुख्य व्यक्ति वा
(३) क्र.सं. (१) र (२) मा उल्लेखित व्यक्तिहरु नभएको अवस्थामा बालिग व्यक्ति स्वयंले ।
मृत्यु दर्ता :
(१) मृत्यु दर्ता गर्दाको सूचक वा
(२) क्र.सं. (१) मा उल्लेखित व्यक्तिको अनुपस्थितिमा मृत्यु भएको व्यकत्को पति वा पत्नी वा उमेर पुगेको छोरा वा अविवाहित छोरी वा बाबु आमा वा सरोकारवाला परिवारको सदस्य वा विवाहित छोरी ।
विवाह दर्ता :
(१) पति र पत्नी दुवैले ।
(२) पति वा पत्नी मध्ये एक मात्र जीवित भएमा पति वा पत्नीले ।
सम्बन्ध विच्छेद :
सम्बन्ध विच्छेद गर्दाको सूचक वा पति वा पत्नी मध्ये कुनै एक जना ।
बसाईसराई :
बसाईसराई गर्दाको सूचक वा निजको अनुपस्थितिमा बसाईसराईमा उल्लिखित भएको उमेर पुगेको व्यक्तिले ।

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित शाखा हेर्ने प्रमुख
सेवा दिने कार्यालय: 
पञ्जिकाधिकारी (रजिष्ट्रार)
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

जन्म दर्ता प्रमाण पत्रमा संशोधन

  1. जन्म मिति सच्याउनको लागि :
  1. परिक्षा नियन्त्रण कार्यालयले प्रवेशिका परिक्षाको लब्धाङ्कपत्र (लब्धाङ्कपत्र जारी भएको मिति ६ महिना नाघेको हुनुपर्ने ।) र विद्यालयको चारित्रिक प्रमाण पत्रको प्रतिलिपी वा
  2. अपस्तालमा जन्मेको बच्चाको हकमा अस्पतालले प्रदान गरेको जन्म प्रमाण पत्र वा
  3. नाबालिग परिचयपत्र वा
  4. नगरिकताको प्रमाण पत्र वा
  5. कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहबरमा कम्तीमा ५ जना नेपाली नगरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का (सर्जमिन मुचुल्का गर्नेहरुको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।)
  1. जन्म दर्तामा नाम संशोधनको लागि :
  1. बच्चाको नाम संशोधन गर्नुपरेमा आमा बाबुको निवेदन वा बच्चा र बाबु-आमाको सम्बन्ध खुलेको अन्य कागजात वा प्रमाण पत्र ।
  2. नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिग भएमा एस.ई.ई. प्रमाण पत्र, विद्यालयको चारित्रिक प्रमाण पत्र वा बाबु आमासँग नाता खुल्ने अन्य आधिकारिक प्रमाण पत्र ।
  3. आमा-बाबु वा बाजेको नाम संशोधन गर्नुपरेमा
  1. सो सम्बन्धी आवश्यक कागजात नागरिकता प्रमाण पत्र, विवाह दर्ता प्रमाण पत्र वा एस.एल.सी वा सोभन्दा माथिल्लो स्तरको शैक्षिक प्रमाण पत्रमा नाम खुलरको प्रमाणित कागजात र विद्यालयको चारित्रिक प्रमाण पत्र ।
  2. स्थानीय तहबाट दुबै व्यक्ति एउटै हो भनी उल्लेख भएको कम्तीमा ५ जना नेपाली नगरिकता भएको व्यक्तिको सर्जमिन मुचुल्का सहित सर्जमिनमा बस्नेको प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  1. जन्म स्थान सच्याउनु परेमा :
  1. विदेशमा जन्मिएको बच्चाको जन्मस्थान सच्याउनु परेमा उक्त देशको अस्पतालमा बच्चा जन्मिएको प्रमाण पत्र वा कागजात (प्रमाण पत्र अँग्रेजीमा नभएमा सो देशमा रहेको नेपाली नियोगबाट बच्चा सो देशमा जन्मिएको भनी प्रमाणित गरिएको कागजात) वा
  2. उक्त देशमा बच्चाको जन्म दर्ता गरिएको प्रमाण पत्र (सम्बन्धीत देशमा जन्म दर्ता गरेको भएमा उक्त प्रमाण पत्रको नेपाली नियोगबाट प्रमाणित नेपाली वा अंग्रेजी भवानुवाद )

 

मृत्यु दर्तामा संशोधनको लागि :

  1. नाम संशोधन
  1. बाबु बाजे वा पति/पत्नीको नाम संशोधन गर्नुपर्ने भएमा नाता खुल्ने नगरिकता प्रमाण पत्र आधिकारिकता खुल्ने अन्य प्रमाण पत्र जस्तै जग्गा धनी प्रमाणपूर्जा आदि ।
  2. नाता खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहबरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेको प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  3. निवृतिभरण प्रयोजनको लागि भएमा पेन्सन विवरणमा उल्लेख भएको पारिवारिक विवरण ।
  1. मृत्यु मिति सच्याउने सम्बन्धमा
  1. अस्पतालबाट जारी मृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाण पत्र वा सरकारी निकायबाट मृत्यु मिति प्रमाणित गरिएको सिफारिस ।
  2. स्थानीय तहको प्रतिनिधिको रोहबरमा कम्तीमा ५ जना नेपाली नगरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का (सर्जमिन मुचुल्का गर्नेहरुको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।)

 

 

 

विवाह दर्ता प्रमाण पत्रमा संशोधन सम्बन्धमा

  1. दुलाहा-दुलहीको नाम संशोधन सम्बन्धमा :
  1. विवाह दर्ता प्रमाण पत्रमा भएको नाम र संशोधन गर्नुपर्ने नाम एकै व्यक्तिको भन्ने आधिकारिक कागजात वा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नगरिकता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धीत निकायले संशोधन गर्न उचित हो भनि गरेको सिफारिस पत्र ।
  2. दुलाहा-दुलहीको बाबु, बाजेको नाम संशोधन गर्न नाता खुलेको आधिकारिक प्रमाण पत्र वा स्थानीय तहको प्रतिनिधिको रोहबरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  1. विवाह मिति सच्याउने :
  1. विवाह मिति सच्याउने आधिकारिक कागजात, विवाह मिति फरक परेमा संशोधन गर्नुपर्ने कारण र विवाह मिति उल्लिखित भएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

बसाईसराई सम्बन्धी (बसाईसराईको उमेर संशोधन सम्बन्धमा)

  1. संशोधन गर्न आधिकारिकता खुलेको नागरिकता,
  2. एस.ई.ई. वा सो भन्दा माथीका शैक्षिक प्रमाण पत्रहरु,
  3. व्यक्ति फरक परेमा एकै व्यक्ति हो भन्ने सरकारी निकायबाट प्रमाणित कागजात वा
  4. स्थानीय तहका प्रतिनिधिको रोहबरमा भएको कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  5. मिति फरक परेमा आधिकारिकता खुलेको कागजात तथा स्थानीय तहको सर्जमिन मुचुल्का ।

सम्बन्ध विच्छेद ;

  1. अदालतबाट भएको सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।
  2. नाता, जन्म खुलेका नागरिकता, नाता प्रमाणित वा अन्य कागजात ।
  3. स्थायी ठेगानाको सम्बन्धमा नागरिकता प्रमाण पत्रमा उल्लेख भएको ठेगाना वा बसाईसराई गरी आएको प्रमाण पत्र ।
  4. स्थानीय तहका प्रतिनिधिको रोहबरमा भएको कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

 

प्रक्रिया: 

घटना दर्ताका विवरण सच्याउन कसले निवेदन दिने

जन्म दर्ता :

  1. जन्म दर्ता गर्दाको सूचक वा
  2. क्र.सं. (१) मा उल्लेखित व्यक्तिको अनुपस्थितिमा बाबु-आमा, बाजे वा परिवरको मुख्य व्यक्ति वा
  3. क्र.सं. (१) र (२) मा उल्लेखित व्यक्तिहरु नभएको अवस्थामा बालिग व्यक्ति स्वयंले ।

मृत्यु दर्ता :

  1. मृत्यु दर्ता गर्दाको सूचक वा
  2. क्र.सं. (१) मा उल्लेखित व्यक्तिको अनुपस्थितिमा मृत्यु भएको व्यकत्को पति वा पत्नी वा उमेर पुगेको छोरा वा अविवाहित छोरी वा बाबु आमा वा सरोकारवाला परिवारको सदस्य वा विवाहित छोरी ।

विवाह दर्ता :

  1. पति र पत्नी दुवैले ।
  2. पति वा पत्नी मध्ये एक मात्र जीवित भएमा पति वा पत्नीले ।

सम्बन्ध विच्छेद :

सम्बन्ध विच्छेद गर्दाको सूचक वा पति वा पत्नी मध्ये कुनै एक जना ।

बसाईसराई :

बसाईसराई गर्दाको सूचक वा निजको अनुपस्थितिमा बसाईसराईमा उल्लिखित भएको उमेर पुगेको व्यक्तिले ।