FAQs Complain Problems

समाचार

तेश्रो नगर परिषद् आर्थिक बर्ष २०७३/०७४ को बजेटका मुख्य मुख्य क्षेत्रगत नीति तथा कार्यक्रम

देवचुली नगरपालिकाको तेश्रो नगर परिषद्

देवचुली नगरपालिकाको कार्यालय
प्रगतिनगर, नवलपरासी

तेश्रो नगर परिषद्
आगामी आर्थिक बर्ष २०७३/०७४ को बजेटका मुख्य मुख्य क्षेत्रगत नीति तथा कार्यक्रम

देवचुली नगरपालिकाको तेस्रो नगर परिषद उद्घाटन समारोहका श्रद्घेय प्रमुख अतिथि नवलपरासी जिल्ला निर्वाचन क्षेत्र नं. १ का माननीय सभासद प्रा.डा. शशाङ्क कोइरालाज्यू, बिशिष्ठ अतिथि माननीय सभासद कृष्ण पौडेल ज्यू, बिशेष अतिथि ज्यूहरु, आमन्त्रीत अतिथि ज्यूहरु, राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको रुपमा उपस्थित आमन्त्रित अतिथिज्यूहरु, वडा नागरिक मञ्च, विषयगत समिति, राजश्व परामर्श समिति, योजना तर्जुमा समिति, नगरपालिकाको पहल समिति, लगायतका समितिका संयोजक एवम् सदस्यज्यूहरु, त्यसै गरी यस कार्यक्रममा उपस्थित नगरबासी दाजुभाई दिदिबहिनीहरु, कर्मचारी तथा पत्रकार मित्रहरु ।

नगरपालिकाको तेश्रो नगरपरिषदको उद्घाटन समारोहमा पाल्नुहुने सम्पूर्ण महानुभावहरुलाई मेरो ब्याक्तिगत तथा कार्यकारीको हैसियतले नगरपालिका परिवारको तर्फ बाट हार्दिक स्वागत अभिवादन गर्दै आगामी आर्थिक वर्ष २०७३।०७४ को लागि नीति तथा कार्यक्रम र अनुमानित आयव्यय बाचन गर्ने अनुमति चाहन्छु ।

देवचुली नगरपालिकाको संक्षिप्त परिचय
प्रशिद्ध पर्टकीय तथा ऐतिहासिक देबचुली डाँडाको फेदी तथा पबित्र नारायणी नदि किनारको आगनीमा अबस्थित तथा सबै जात जातीको वसोवास भई सुन्दर मानव बगैचाको रुपमा रहेको मेहनेती र परिश्रमी हातहरुले सिञ्चित यस सुन्दर नगरी देबचुली नगरपालिकामा ६६३६ घरधुरी र ३४९१२ जनसंख्या रहेको छ । यो नगरपालिका नवलपरासी जिल्लाको नवलपुर क्षेत्रको मध्यभागमा अधिकांश समथर भूमि र केही पहाडी क्षेत्र समेत भएको नगरपालिका हो । पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार यसै नगरपालिकामा पर्दछ । पूर्वमा रजहर गा.वि.स., पश्चिममा कावासोती नगरपालिका र धौवादी गा.वि.स., उत्तरमा उपल्लो अर्खला र बुलिङटार गा.वि.स र दक्षिणमा नारायणी नदिको चार सिमाना भित्र नगरपालिका अवस्थित छ । साविकका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा.वि.स.लाई समावेश गरी नेपाल सरकार मन्त्री परिषद्को मिति २०७१।०१।२५ को निर्णयानुसार घोषित भएको नगरपालिका हो ।
स्थानीय स्वायत्त शासन ऐन र नियमले ब्यबस्था गरे अनुसार सहभागितात्मक योजना तर्जुमा प्रक्रिया अवलम्वन गरी नगरपालिकाको आन्तरीक स्रोत, नेपाल सरकारबाट नगरपालिकालाई प्राप्त हुने सर्सत, निर्सत तथा अन्य अनुदानलाई समेत आधारमानी निति तथा कार्यक्रम तयार गरीएको छ ।
स्थानीय स्वायत्त शासन र विकेन्द्रिकरण ऐन २०५५÷नियमावली २०५६ ले निर्दिष्ट गरिएको क्भाि ःबलनझभलत, क्भाि ऋयलतचय,ि क्भाि मभकष्कष्यल, ब्अअयगलतबदष्ष्तिथ बलम
ऋबउबअष्तथ द्यगष्मिष्लन
भन्ने मर्मका आधारमा स्थानीय निकाय चल्नुपर्छ भन्ने तथ्यलाई स्वीकार गरि नगरपालिकामा कार्य सम्पादन गरिएको व्यहोरा सर्गव उल्लेख गर्न चाहन्छु ।

यस देवचुली नगरपालिका आधुनिक पूर्वाधार युक्त र समृद्ध नगर निर्माण गर्ने अभियानका साथ यहाँका सम्पुर्ण राजनैतिक दल तथा संघसंस्था तथा नागरिकहरुको सकारात्मक सोच तथा सहयोग प्राप्त हुँदै आएको छ । जनअपेक्षा अधिकतम् तर श्रोत साधनको कमीको कारणले अपेक्षा गरेबमोजिम कार्य सम्पादन हुन सकेको छैन तथापि श्रोत साधन समय र जनशक्ति अधिकत्तम परिचालन गरि कामकारवाही अगाडि बढाउने प्रयत्न गरिएको छ । हाल सम्म गरिएको मुख्य मुख्य कार्यहरु यस प्रकार छन् ।
१. १५ वटै वडाहरुमा गठित वडा नागरिक मञ्चको व्यवस्थित परिचालन ।
२. २०७२ साल वैशाख १२, १३ र २९ गते आएको महाभूकम्पबाट यस नगर क्षेत्रका घरहरु मध्ये पूर्ण रुपमा क्षति भएका १३७ घर र आंशिक रुपमा ४६८ क्षति भएका भूकम्प पिडित व्यक्तिहरुले जिल्ला दैवी प्रकोप उद्धार कोष मार्फत रु. ३३,६४,०००।– रकम वितरण गरिएको छ ।
३. सि.एफ.एल.जी. तथा इ.एफ.एल.जी. अवलम्वन र विभिन्न कार्यक्रम संचालन ।
४. भूकम्प प्रभावित क्षेत्रमा अनुगमन र सहयोग प्रदान ।
५. करका दर मार्फत राजश्व बृद्धि ।
७. कार्य सम्पादनलाई सहज बनाउन थप ६ जना कर्मचारी विज्ञापन ।
८. भवन निर्माणको प्रकृया सुरुवात भईतला सेटरिङ भई ढलान हुने क्रममा रहेको छ ।
९. यान्ञिक सामाग्री खरिद गरिएको ।
११. आवश्यक कार्यालय सामानहरु खरिद ।